रोकियो ७८ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि - Chaitanya News
  • 2026-05-02
  • 16:58:18
  • शनिबार,बैशाख १९, २०८३
  • रोकियो ७८ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

    रोकियो ७८ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

     

    काठमाडौँ– स्वास्थ्य सेवा विभागले ७८ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि रोकेको छ। आवश्यक कागजात र प्रक्रियामा कैफियत देखिएपछि ७८ जनाको स्तरवृद्धि रोकिएको विभागले जनाएको छ।

    ७८ जनामध्ये २१ जना स्टाफ नर्स, ३१ जना अनमी, २२ जना सी अनमी र अन्य अस्पताल नर्सिङ निरीक्षकको स्तरवृद्धि रोकिएको विभागले जनाएको छ।