स्कटल्याण्डमाथि नेपालको विजयी - Chaitanya News
  • 2026-06-05
  • 11:23:58
  • शुक्रबार,जेठ २२, २०८३
  • स्कटल्याण्डमाथि नेपालको विजयी

    स्कटल्याण्डमाथि नेपालको विजयी

    काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए। साथै करण केसीले ३१ रन जोडेका थिए।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।

    स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकुलेनले ३१, काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे।

    नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए।