काठमाडौं– नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कपको ट्रफि सार्वजनिक भएको छ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बिच प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको हो।
नेकपा एमालेको पोलिटब्युरो सदस्य एवंम पूर्व उद्योगमन्त्री महेश बस्नेतले ट्रफि सार्वजनिक गरेका हुन्।
ट्रफि सार्वजनिक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, युवा संघका अध्यक्ष किरण पौडेल लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको लागत एक करोड रहेको आयोजक युवा संघका अध्यक्ष किरण पौडेलले बताएका छन्।
प्रतियोगिता फाल्गुन ११ गतेदेखि १७ गतेसम्म संचालन हुनेछ।
प्रतियोगितामा ए डिभिजनक क्लव र आयोजक युवा संघको एक टोली गरी आठ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको उपाधि विजेता टोलीले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछ।
त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद १ लाख पाउँदा उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले नगद ५० हजार पाउनेछन्।
प्रतियोगितामा प्रत्येक खेल जित्ने टोलीले २५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेले १५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
![]()