नेपाल राष्ट्र बैंक १३ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै - Chaitanya News
  • 2026-05-01
  • 02:36:22
  • बिहिबार,बैशाख १७, २०८३
  • नेपाल राष्ट्र बैंक १३ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै

    नेपाल राष्ट्र बैंक १३ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै

    काठमाडौं– नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले भोलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो।

    बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल चैत्र ७ गते परिपक्क हुनेछ। बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल २०८० साल जेठ ९ गते परिपक्क हुनेछ।त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल २०८० साल भदौ ५ गते परिपक्क हुनेछ।

    राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल फागुन ८ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर फागुन १० गते, बुधबार बिक्री हुनेछ।

    ट्रेजरी बिल भनेको के हो?

    ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन्।

    ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ?