चौथो दिन पनि दोहोरो अङ्कले घट्यो नेप्से - Chaitanya News
  • 2026-05-01
  • 02:36:33
  • बिहिबार,बैशाख १७, २०८३
  • चौथो दिन पनि दोहोरो अङ्कले घट्यो नेप्से

    चौथो दिन पनि दोहोरो अङ्कले घट्यो नेप्से

    काठमाडौं– लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ।

    आज सबै समूहको शेयर ओरालो लागेको छ। बजारसँगै कारोबार रकम पनि लगातार घटिरहेको छ। आज दुई सय ५६ वटा कम्पनीका ४७ लाख ४७ हजार कित्ता शेयर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

    आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर झन्डै छ प्रतिशत र सर्पोट लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि राप्ती हाइड्रो कम्पनीको शेयर आज साढे पाँच प्रतिशतले बढेको छ।