मङ्गलबार सेयर बजार १६ अङ्कले घट्यो - Chaitanya News
  • 2026-05-01
  • 02:16:32
  • बिहिबार,बैशाख १७, २०८३
  • मङ्गलबार सेयर बजार १६ अङ्कले घट्यो

    मङ्गलबार सेयर बजार १६ अङ्कले घट्यो

    काठमाडौंं– शेयर बजार मङ्गलवार १६ अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेको छ।

    आज उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ।

    बजार घटेको दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ७८ लाख र ङादी ग्रुप पावरको ७ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

    आज बाराही हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ।