काठमाडौँ — आइतबार सेयर बजार ६०.७७ अंक घटेको छ। सो अंकको कमीपछि नेप्से २१२१ अंकमा कायम भएको छ। ३ अर्ब ४ करोडको कारोबार भयो। कुल ८ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो। सबै उपसमूह ओर्लिएका छन्।
बैंकिङ २८, विकास बैंक १४१, फाइनान्स ८४, होटल तथा पर्यटन ९०, जलविद्युत ११०, जीवन बीमा ३५७, उत्पादन २२०, माइक्रोफाइनान्स १०२, निर्जीवन बीमा २३८, अन्य ३७ र ब्यापार उपसमूह ४० अंक घटे। खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.४ तथा साम्लिङ पावरको ३.७ प्रतिशत बढ्यो।
ङादी पावरको मूल्य ६.६ प्रतिशत, हिमालय पावर पार्टनरको ६.४, खानीखोलाको ६.२, ग्रीनलाइफको ६.१ तथा बरुण र राधि पावरको मूल्य ६.१ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, ङादी ग्रुप, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे।