राष्ट्रपतिले आज संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने - Chaitanya News
  • 2026-05-15
  • 11:08:30
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रपतिले आज संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

    राष्ट्रपतिले आज संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं –  संघीय संसद प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ र साँझ ५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठक बस्ने छ । उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    साँझ ५ बजे संसद्को दोस्रो बैठक बस्ने कार्यसूची रहेको छ । आजको दोस्रो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७९ माघ २७ गते राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।