उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै - Chaitanya News
  • 2026-05-15
  • 11:07:58
  • शुक्रबार,जेठ ०१, २०८३
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

    काठमाडौँ –  सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार) बस्दै छ । हिजो (बुधबार) अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बस्नेबारेमा सहमति भएको थियो ।

    दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’ को अडान लिएपछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।
    बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहने छ ।