लुम्बिनीमा आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन, तीन उम्मेदवार प्रतिस्पर्धामा - Chaitanya News
  • 2026-05-15
  • 09:47:27
  • शुक्रबार,जेठ ०१, २०८३
  • लुम्बिनीमा आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन, तीन उम्मेदवार प्रतिस्पर्धामा

    लुम्बिनीमा आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन, तीन उम्मेदवार प्रतिस्पर्धामा

    दाङ –  लुम्बिनी प्रदेशमा आज (बुधबार) राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

    सत्तारूढ एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

    तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।