साफ यू २० महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा - Chaitanya News
  • 2026-06-05
  • 09:46:54
  • शुक्रबार,जेठ २२, २०८३
  • साफ यू २० महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ यू २० महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं– साफ यू २० महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। नेपाली टोलीले उपाधि दाबेदार मानिएको भारतलाई ३१ गोलअन्तरले हराएको हो।

    बंगलादेशको ढाकास्थित मोस्तफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन अमिशा कार्कीले दोहोरो गोल गर्दा फाइनल पुग्ने बाटो बनेको हो।

    त्यसअघि २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि ५२ औं मिनेटमा कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याइन्। त्यस्तै, ६९ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र भारतीय डिफेन्डरले फउल गर्दा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान प्रीति राईले नेपाललाई अग्रता दिलाइन्।

    दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको नेपालका लागि तेस्रो गोल अमिशा कार्कीले ८९ औं मिनेटमा गरिन्।

    जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३(१ गोलको पराजय ब्यहोरेको थियो। दोस्रो खेलमा भने भुटानलाई ४(० गोलले हराउँदै नेपाली टोलीले पुनरागमन गरेको थियो। आजको जितसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको छ।

    भारतको यात्रा भने भुटान र बंगलादेशबिचको खेलको नतिजामा निर्भार रहने छ। भुटानले खेल जिते भारत र पराजय ब्यहोरे बंगलादेश फाइनलमा प्रवेश गर्नेछन्।