काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा ७६ अंकमाथिको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७६६४ अंकले बढ्दै २१ सय ७७.३४ अंकमा उक्लिएको हो।
यस दिन कारोबार रकम समेत बढेर ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गत साता ८९ अंकमाथिले नेप्से घट्दैगर्दा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज चार वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ।
१३ वटै उपसूचक धनात्मक हुँदा आज इन्भेष्टमेन्ट समूहको उपसूचक सबैभन्दा बढी ६.२५ प्रतिशतले बढेको छ।
यस्तै, हाइड्रोपावर समूहको उपसूचक ५.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह र डेभपमेन्ट बैंक समूहको उपसूचक क्रमशः ५.९४ प्रतिशत र ५.०६ प्रतिशतले बढेका छन्। अन्य समूहको उपसूचक २ प्रतिशत माथिले बढेका छन्।