काठमाडौं– नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
बैंकले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रूपैयाँ बराबरको रकम ३६६ दिनको अवधिका लागि ९२०७९ साल फागुन ५ गतेदेखि २०८० साल फागुन ५ गतेसम्म० बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको छ। बैंकले क वर्गका वाणिज्य बैंकहरूमा १९ करोड २० लाख रूपैयाँ, ख वर्गको विकास बैंकहरूमा ३ करोड ६० लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा एक करोड २० लाख रूपैयाँ बराबरको रकम लगानी गर्न लागेको हो।
बैंक तथा वित्तीय संस्थाले माघ २७ गते बिहान १० बजेदेखि राति ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।
मुद्दती निक्षेपको बारेमा सम्पूर्ण विवरण यस प्रकारको छ।
![]()
![]()