पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढ्यो - Chaitanya News
  • 2026-06-15
  • 20:25:00
  • सोमबार,आषाढ ०१, २०८३
  • पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढ्यो

    पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढ्यो

    काठमाडौँ – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

    नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाई पेट्रोलमा एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक सय ७५ कायम गरिएको छ।

    वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

    निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ।’