काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देशाईले सन्दीप लामिछाने टीममा फर्कन तयार भइरहेको बताएका छन्।
राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा देशाईले भने, ‘उनी कसरी मैदान फर्कन्छन् भन्ने महत्वपूर्ण थियो। तर उनी मैदानमा आफ्नो भूमिका र शीपमा पूर्ण उपस्थित देखिन्छन्। टीमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको छ। उनलाई थाहा छ आफुले के गर्छुपर्छ भनेर त्यो भनेको बलिङ हो।’
देशाईले आफूले क्रिकेट र क्रिकेटको भाषा बुझ्ने भन्दै नेपाली टोलीको आजको दिनसम्म पूरा प्रक्रिया अपनाइएको बताए। यता नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा राख्ने नराख्ने विषय छनोट समिती र प्रशिक्षकको भएको बताएका छन्।
प्रशिक्षक देसाईले नेपाली क्रिकेट म्याच फिक्सिङको विवादमा परेपनि त्यसलाई बिर्सिएर सतप्रतिशत दिने बताए। ‘उतारचढाव हरेकको जिवनमा आउँछ। तर त्यसलाई पार गरेर शतप्रतिशत दिने हो। अहिले हामी यी सबै कुरालाई बाहिर राखेर सतप्रतिशत दिन प्रयाश गर्ने छौँ’, उनले भने।
देशाईले टीम अहिले कुन परिस्थितीमा चलिरहेको भन्नेबारे आफू जानकार भएको बताउँदै एक ढिक्का हुनुको विकल्प नभएको बताए। ‘नराम्रा कुराहरुलाई बाहिरै राख्नुपर्छ। म राम्रो र खुशी ड्रेसिङ रुम चाहन्छु । सबै एक ढिक्का भएर परिस्थितीको सामाना गर्नुपर्छ’, देशाईले भने।