म धितोपत्र बजारको सुधारका लागि आएको हुँ : अध्यक्ष हमाल - Chaitanya News
  • 2026-05-01
  • 01:05:20
  • बिहिबार,बैशाख १७, २०८३
  • म धितोपत्र बजारको सुधारका लागि आएको हुँ : अध्यक्ष हमाल

    म धितोपत्र बजारको सुधारका लागि आएको हुँ : अध्यक्ष हमाल

    काठमाडौँ– नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफूलाई जोडेर सञ्चारमाध्यमहरूमा आएका गलत समाचारको खण्डन गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले आफूले करिब २० वर्षदेखि विदेशमा रहेर विज्ञको रूपमा काम गरेको अनुभवलाई नेपालमा प्रयोग गरी धितो पत्र बजारको सुधारमा लाग्दा लाग्दै आफूलाई जोडेर केही सञ्चारमाध्यामहरुले खुइल्याउन लागिएको बताए।

    ‘मैले कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन। एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई मैले गर्वको रूपमा लिएको छु’ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष हमालले भनेका छन्, ‘तीन दशक लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा रहेर कार्य अवधिमा धितो पत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यवस्थापकीय एवं अर्थतन्त्र विस्तारमा नवीनतम सुरुवात गरी नेपालको धितो पत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यले काम गर्दागर्दै किन म माथि गलत मनसाय राखी कुप्रचार गरियो रु’ अध्यक्ष हमालले भनेका छन्, ‘यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

    हमाल गत फागुन २०७८ मा नेपाल धितो पत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।

    केहि समययता अध्यक्ष हमाललाई लिएर धितो पत्र बजारमा कम्पनीहरूको सेयर निष्कासन तथा बिक्रीमा कमिसन माग्ने गरेको आरोपमा समाचारहरू आएका छन्। यसैलाई लिएर अध्यक्ष हमालले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा स्पष्ट पारेका हुन्। सोही अवसरमा अध्यक्ष हमालले आफू धितो पत्र बोर्डका अध्यक्ष भएर आएसँगै धितो पत्र बजारमा दर्जनौँ सुधारका कामहरू गरेको समेत तथ्याङ्क पेस गरेका छन्।

    लगानीकर्ताहरूले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधा सहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुनेगरी धितो पत्र दलाल तथा धितो पत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली ९टीएमएस० स्थापना गर्न सक्ने गरी धितो पत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ गतेदेखि कार्यान्वयनमा ल्याएको अध्यक्ष हमालले बताएका छन्।

    यस्तै, सूचीकृत सङ्गठित संस्थाहरू गाभ्ने गाभिने क्रममा शेयर कारोबार रोक्का हुने अवस्थालाई १५ दिन भित्र कारोबार हुनेगरी गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बनाई कार्यान्वयन गरेको, यसअघिको एकसय रुपैयाँसम्मको श्रीवास्तव शुल्कलाई ५ रुपैयाँमा झारेको, वैदेशिक रोजगारीमा रहेकाहरूका लागि अनिवार्य आईपीओ सामेल गर्ने गरी कोटा प्रणालीको व्यवस्था गरेको बताएका छन्।

    यस्तै, स्टार्ट अपका लागि पुँजी तथा व्यावसायिक ज्ञानविना धितो दिन मिल्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार देशमा भित्र्याउन पहिलोपटक नेपालमा ९ वटा विशिष्टीकृत लगानी कोष व्यवस्थापकलाई अनुमतिपत्र जारी गरिएको समेत अध्यक्ष हमालले बताएका छन्। धितोपत्र दलाल तथा व्यापारीको अनुमति पत्रमा कोटा प्रणाली मार्फत अनुमति प्रदान गरिँदै आएकोमा त्यसलाई ओपन इन्ट्री एण्ड एक्जिटको खुल्ला अवधारणमा लगिएको, वस्तु विनिमय संयन्त्र विकासका लागि आवश्यक कार्य अगाडि बढाइएको वस्तु विनिमय बजार सम्बन्धि ऐन, २०७४ तथा वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ जारी भएको ५ वर्षपछि २०७९ असोज २ गते त्यसको संशोधन गरी अगाडि बढाइएको समेत अध्यक्ष हमालले बताएका छन्।