Chaitanyakhabar
काठमाडौं- सहसचिव र उपसचिवसहित ३० जना बढुवा भएका छन् ।
न्याय सेवा आयोगको आइतबार(आज) बसेको बैठकले न्याय, कानुन र सरकारी वकिलतर्फ राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव) बढुवा गर्ने निर्णय गरेको हो ।
उज्यालो चेतनाले निर्देशित मानव सभ्यताको यात्रा
निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी, १२ सयभन्दा बढी विपन्न नागरिक लाभान्वित
जेठ महिनामा मात्रै रोजगारीका लागि ६१ हजार विदेशिए
नायब सुब्बा पदको लिखित परीक्षाका लागि भवन कायम, हेर्नुहोस् सूचना
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ। मानव जीवन अन्धकारबाट…
काठमाडौँ– सरकारले विपन्न तथा असहाय नागरिकलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ प्रभावकारी बन्दै गएको छ। गत वैशाख ३ गतेदेखि सञ्चालनमा आएको उक्त पोर्टलमार्फत हालसम्म एक हजार २०० भन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी संवैधानिक हकको प्रभावकारी कार्यान्वयनका लागि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना…
काठमाडौं– जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन्। जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन्। वैशाख महिनामा भने ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा…
काठमाडौँ– दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य संरक्षण तथा स्वास्थ्य सेवामा सहज पहुँचको विषयमा नेपाल सरकारले चासो व्यक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत बीच मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उक्त विषय उठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। भेटवार्तामा मन्त्री मेहताले दक्षिण कोरियामा रोजगारीका…
काठमाडौँ– वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ। विभागले सम्बन्धित मेनपावर कम्पनीहरूलाई पत्र पठाउँदै २०८२ चैत १ गतेदेखि हालसम्म संस्थागत श्रम स्वीकृतिका आधारमा विदेश गएका कामदारको विवरण अनिवार्य रूपमा पेश गर्न भनेको हो । वैदेशिक रोजगारीसम्बन्धी कानुनी व्यवस्थाअनुसार कामदारलाई स्वदेशकै विमानस्थल प्रयोग गरी वैदेशिक…
काठमाडौँ– चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास…