आयोगद्वारा शिक्षक बढुवा सूचना जारी - Chaitanya News
  • 2026-05-01
  • 13:37:18
  • शुक्रबार,बैशाख १८, २०८३
  • आयोगद्वारा शिक्षक बढुवा सूचना जारी

    आयोगद्वारा शिक्षक बढुवा सूचना जारी

    काठमाडौँ- शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा नामावली प्रकाशित गरेको छ।

    एक सूचना जारी गर्दै सचिवालयले बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतको निर्णयअनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई छनोट गरेको जनाएको हो।

    साथै प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा प्राथमिक तह प्रथम श्रेणीका लागि रु. ५००।- र प्राथमिक तह द्वितीय श्रेणीका लागि रु. ३५०/- शिक्षक सेवा आयोगको कार्यालय कोड नं. ३५०२१३३०३ र राजस्व शीर्षक १४२२४ मा जम्मा गरी निर्देशनालयमा उजुरी दिन सकिने पनि सूचनामा उल्लेख छ।