राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय - Chaitanya News
  • 2026-05-01
  • 13:37:18
  • शुक्रबार,बैशाख १८, २०८३
  • राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

    राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

    काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ।

    आइबार विहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

    लेखकले विपक्षी दलसँग बसेर सल्लाह गर्दा उम्मेदवारी नदिन सुझाव आएको र त्यही अनुसार उम्मेदवारी नदिने निर्णय गरिएको बताए।

    राष्ट्रिय सभा उपाध्यक्षमा लागि आज मनोनयन गर्ने दिन हो। राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रले उर्मिला अर्याललाई उम्मेदवारी बनाउने निर्णय गरिसकेको छ।

    कांग्रेसले एक जनामात्रै उम्मेवार भए निर्विरोध हुने र एक भन्दा बढी उम्मेदवारी परे कुन उम्मेदवारलाई समर्थन गर्ने भनेर फेरि निर्णय गर्ने जनाएको छ। यद्यपि माओवादी केन्द्रको उम्मेदवार निर्विरोध हुने संभावना बलियो छ।