नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन - Chaitanya News
  • 2026-05-01
  • 13:35:36
  • शुक्रबार,बैशाख १८, २०८३
  • नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन

    नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन

    काठमाडौँ- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

    काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाले जानकारी दिएका छन् ।

    जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए ।

    उनी नेपालको पहिलो गभर्नर तथा पूर्व अर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापक समेत हुन् ।