आजको मौसमः प्रदेश १ को हिमाली भू–भागमा हिउँ पर्ने - Chaitanya News
  • 2026-05-01
  • 12:09:04
  • शुक्रबार,बैशाख १८, २०८३
  • आजको मौसमः प्रदेश १ को हिमाली भू–भागमा हिउँ पर्ने

    आजको मौसमः प्रदेश १ को हिमाली भू–भागमा हिउँ पर्ने

    काठमाडौं – हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिउँसो भनेप्रदेश नम्बर १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश नम्बर १ को हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश नम्बर १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका तराईका भू–भागमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोधसमेत महाशाखाले गरेको छ ।