आजको मौसम : कर्णाली र लुम्बिनीमा आंशिक बदली - Chaitanya News
  • 2026-09-08
  • 20:22:25
  • मंगलबार,भाद्र २३, २०८३
  • आजको मौसम : कर्णाली र लुम्बिनीमा आंशिक बदली

    आजको मौसम : कर्णाली र लुम्बिनीमा आंशिक बदली

     

    काठमाडौं – बिहीबार देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको अनुसार बिहीबार राति भने प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।