परराष्ट्रमन्त्री आज श्रीलंका जाँदै - Chaitanya News
  • 2026-05-01
  • 10:39:41
  • शुक्रबार,बैशाख १८, २०८३
  • परराष्ट्रमन्त्री आज श्रीलंका जाँदै

    परराष्ट्रमन्त्री आज श्रीलंका जाँदै

    काठमाडौं – परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज (बिहीबार) श्रीलंका भ्रमणमा जाँदैछिन् । भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्री पौड्यालले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइड लाइन कुराकानी सम्भव भएसम्म गर्ने बताएकी छन् ।
    शुक्रबार मन्त्री पौड्यालले श्रीलंकन समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।