काठमाडौं– बुधबार सेयर बजार परिसूचक नेप्से नेप्से ४.९७ अंकले अंकले बढेको छ।
मंगलबार नेप्से परिसूचक १५.७० अंक घटेको थियो। बुधबार ०.२४ प्रतिशतले बढेर २११६.६५ को विन्दुमा पुगेको छ।
यस दिन २६१ कम्पनीको एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँबराबरको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भयो। सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४०१.१६ को विन्दुमा पुगेको छ।
१३ उपसमूहमध्ये बुधबार आठ उपसमूहको समूहगत सूचक उकालो लागेको छ। पाँच उपसमूहको समूहगत सूचक घटेको छ।
यस दिन होटेल तथा पर्यटन समूहको सेयर मूल्य सर्वाधिक १.५६ प्रतिशतले बढेको छ। विकास बैंक समूहको सेयर मूल्य १.२४ प्रतिशतले बढेको छ। लगानी समूहको सेयर मूल्य सर्वाधिक ०.५४ प्रतिशतले घटेको छ।