क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा - Chaitanya News
  • 2026-06-15
  • 13:53:55
  • सोमबार,आषाढ ०१, २०८३
  • क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

    क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

    पोखरा। नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्।

    मल्लले पोखरामा मंगलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन्। २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो।

    नेपाल टि२० लिगमा विवाद, फिक्सिङ लगायतको कारण क्यानभित्रै विवाद बढ्दै गएपछि उनले राजिनामा दिएका हुन्।

    मल्ल नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समेत थिए।