खर्च कटौतीका लागि अर्थ मन्त्रालयको १४ बुँदे निर्देशन - Chaitanya News
  • 2026-05-01
  • 00:49:47
  • बिहिबार,बैशाख १७, २०८३
  • खर्च कटौतीका लागि अर्थ मन्त्रालयको १४ बुँदे निर्देशन

    खर्च कटौतीका लागि अर्थ मन्त्रालयको १४ बुँदे निर्देशन

    काठमाडौं- अर्थतन्त्रमा परेको दबाबलाई कम गर्न अर्थ मन्त्रालयले १४ बुँदे खर्च कटौती गर्न निर्देशन जारी गरेको छ।

    मन्त्रालयले मंगलबार निर्देशन जारी गर्दै करिब २४ अर्ब ५० करोड रुपैयाँ व्यय कम भई संघीय सञ्चित कोषलाई राहत दिने निर्णय गरेको हो। संघीय सरकार मातहतका कार्यालयले २० प्रतिशतका दरले प्रशासनिक खर्च कम गर्नुपर्ने छ।

    त्यसका लागि सरकारी कार्यालयहरूले स्वीकृत बजेटको इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन, सेवा र परामर्श, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च २० प्रतिशत खर्च कटौती गर्नुपर्ने छ।