काठमाडौं–सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमा घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो।
दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ। आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ।
सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन्। आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ।