चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक - Chaitanya News
  • 2026-05-24
  • 20:38:13
  • आइतबार,जेठ १०, २०८३
  • चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

    चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

    काठमाडौं– दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ।

    निर्माण टिमले सोमवार सार्वजनिक गरेको ‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्का र राज आचार्यले नृत्य गरेका छन्।

    साथमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई समेत भिडियोमा प्रस्तुत गरिएको छ। डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएको यो गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज छ।

    कविराज गहतराजको कोरियोग्राफीमा गीतको भिडियो तयार भएको हो। यस गीतबाट चलचित्र राजनीतिक विषयवस्तुमा निर्माण भएको अनुमान गर्न सकिन्छ। यस वर्षको प्रतीक्षित चलचित्रका रुपमा हेरिएको ‘छक्का पञ्जा ४’ फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दीपकराजकै कथा एवं लेखन छ।

    हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत छन्। दिपेन्द्र खनिया र केशव न्यौपाने चलचित्रका निर्माता हुन्। आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, निमेश श्रेष्ठको सम्पादन छ।