कानूनले अनुमति दिए सन्दीपलाई राष्ट्रिय टीममा ल्याउँछौं : अध्यक्ष चन्द - Chaitanya News
  • 2026-06-13
  • 15:10:57
  • शनिबार,जेठ ३०, २०८३
  • कानूनले अनुमति दिए सन्दीपलाई राष्ट्रिय टीममा ल्याउँछौं : अध्यक्ष चन्द

    कानूनले अनुमति दिए सन्दीपलाई राष्ट्रिय टीममा ल्याउँछौं : अध्यक्ष चन्द

    काठमाडौं– नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कानूनले अनुमति दिए सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा ल्याउने बताएका छन्।

    क्यानले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपको बारेमा आईसीसीले नेपालको कानूनले जे भन्छ त्यहीँ अनुसार गर भनेको भन्दै भने ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं। सन्दीपको विषयमा हामी संवेदनशील छौं। उ नेपालका लागि चाहिने खेलाडी हो। त्यो विषयमा हामी छलफल गरिरहेका छौं।’