चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 820 of 1151
  • 2026-11-21
  • 04:09:17
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

काठमाडौं -शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । जसअनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । जारी लिगमा मनाङ मर्स्याङ्दीको २० खेलमा २४ अंक छ र लिगमा ११औं स्थानमा छ भने चर्च ब्वाइज २० खेलमा ३७ अंकसहित शिर्ष स्थानमा रहेको छ । उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जारी लिगमा सातदोबाटो युथ क्लबको २० खेलमा २९ अंकसहित चौथो स्थानमा छ भने फ्रेन्ड्स क्लब २० खेलमा २१ अंकसहित १३औं स्थानमा रहेको छ ।

News by ए डिभिजन लिगमा आज दुई खेल हुदैँ :