एआइजी ज्ञावालीको सरुवाका लागि राजनीतिक दलबाट दबाब ! - Chaitanya News
  • 2026-11-21
  • 04:17:07
  • शुक्रबार,मंसिर ०५, २०८३
  • एआइजी ज्ञावालीको सरुवाका लागि राजनीतिक दलबाट दबाब !

    एआइजी ज्ञावालीको सरुवाका लागि राजनीतिक दलबाट दबाब !

    काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञावालीको सरुवाका लागि यतिबेला दबाब बढेको छ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रयोजनमा लागेका हाइप्रोफाइल व्यक्तिलाई जुनसुकै बेला पक्राउ गरी अनुसन्धान गर्न पाउने गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएपछि ज्ञावालीको सरुवाका लागि दबाब बढेको हो ।

    बालुवाटार स्रोतका अनुसार देउवाले प्रधानमन्त्री प्रचण्डलाई बरु आफू एउटा मन्त्री छोड्न तयार रहेको तर ज्ञवालीलाई जसरी पनि हटाउन दबाव दिएका छन्। ‘उहाँ एआईजी ज्ञवालीप्रति निकै कठोर देखिनु भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उहाँको दबाव थेग्न प्रधानमन्त्रीलाई कठीन भइरहेको छ।

    सोहि अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जानुअघि नै उनको सरुवा गर्ने तयारी गरेका छन्। पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनको सरुवा गर्न दबाब दिएपछि गठबन्धनमा संकट आउने भन्दै प्रधानमन्त्रीले सरुवाको तयारी गरेका हुन्। अनुसन्धान प्रतिवेदनमा बयान परिवर्तन गर्न प्रहरीले नमानेपछि पूर्व प्रधानमन्त्री देउवाले एआइजी ज्ञावालीको सरुवा गर्न दबाब दिएका हुन्।

    यसअघि पनि उपप्रधानमन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरुले प्रधानमन्त्रीलाई प्रहरीबाट सहयोग नभएको गुनासो गरेका थिए। पूर्व प्रधानमन्त्री देउवाले उनको सरुवा नभए गठनबन्ध नै धरापमा पर्ने संकेत समेत गरेको स्रोतको दावी छ।

    नक्कली भूटानी शरणार्थी प्रकरणमा उपत्यका प्रहरी कार्यालयका प्रमुखका रुपमा एआइजी श्याम ज्ञावाली, काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले राम्रो काम गरेको भन्दै सर्वत्र प्रशंसा गरिएको छ।

    प्रहरीको गुमेको शाख फिर्ता गर्न उनीहरुको भूमिका रहेको भन्दै सर्वसाधारणले समेत प्रशंसा गरेको बेला राजनीतिक दबाबमा एआइजीको सरुवा तयारी भएको हो।