ए डिभिजन लिगमा आज दुई खेल हुदैँ - Chaitanya News
  • 2026-06-05
  • 22:38:01
  • शुक्रबार,जेठ २२, २०८३
  • ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

    ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

    काठमाडौं -शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

    जसअनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

    जारी लिगमा मनाङ मर्स्याङ्दीको २० खेलमा २४ अंक छ र लिगमा ११औं स्थानमा छ भने चर्च ब्वाइज २० खेलमा ३७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

    उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जारी लिगमा सातदोबाटो युथ क्लबको २० खेलमा २९ अंकसहित चौथो स्थानमा छ भने फ्रेन्ड्स क्लब २० खेलमा २१ अंकसहित १३औं स्थानमा रहेको छ ।