चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 743 of 1151
  • 2026-11-21
  • 10:36:25
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मौद्रिक नीति आउँदा सेयर बजारमा ६३.२४ अंकको वृद्धि

काठमाडौं- मौद्रिक नीति २०८०/८१ लाई सेयर बजारले न्यानो स्वागत गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ। यो २.९२ प्रतिशतको वृद्धि हो। साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए। सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ। आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ। यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भयो। ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ। एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ। नेपाल बैंक डिभेञ्चर, बीपीडब्लू लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले समेत धेरैले गुमाए। शिवम् सिमेन्ट, ज्योती विकास बैंक, ग्लोबल आईएमई बैंकसहितका धितोपत्रको धेरैले कारोबार भएको छ।

News by मौद्रिक नीति आउँदा सेयर बजारमा ६३.२४ अंकको वृद्धि :