चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 730 of 1151
  • 2026-11-21
  • 11:48:26
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी तयार, बालुवाटारमा जुट्यो सहमति

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी ९नाउपा० सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो । नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन न्यूनतम २ वटा मन्त्रालयको नेतृत्व दिइनुपर्ने बताउँदै आएको थियो। यद्यपि १ मन्त्री, २ मन्त्री र २ वटा प्रदेश सभा समितिको सभापति पाउने गरी नाउपा सरकारमा जान तयार भएको हो। नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, प्रदेश सभाका २ वटा समितिको सभापति पाउने सहमति भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले जानकारी दिए। नाउपाले सरकारमा सहभागी हुन २ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। जसकारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन। नाउपालाई सरकारमा सहभागी गराउने विषयमा सहमति जुटाउन मुख्मन्त्री कमल बहादुर शाह नै काठमाडौं आएका थिए।

News by सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी तयार, बालुवाटारमा जुट्यो सहमति :