चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 700 of 1152
  • 2026-11-21
  • 14:49:49
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आजको मौषम कहाँ कस्तो ?

नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

News by आजको मौषम कहाँ कस्तो ? :