महानगरले कोकाकोला बिक्रेतालाई तिरायो जरिवाना - Chaitanya News
  • 2026-11-21
  • 14:55:54
  • शनिबार,मंसिर ०६, २०८३
  • महानगरले कोकाकोला बिक्रेतालाई तिरायो जरिवाना

    महानगरले कोकाकोला बिक्रेतालाई तिरायो जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

    शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।

    उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।