आजको मौषम कहाँ कस्तो ? - Chaitanya News
  • 2026-11-21
  • 14:55:57
  • शनिबार,मंसिर ०६, २०८३
  • नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले बिहान कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।