चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 673 of 1152
  • 2026-11-21
  • 17:17:33
  • शनिबार,मंसिर ०६, २०८३

About Author

कपाल छिटै झर्नुका कारणहरू

हामी कतिपयलाई कपाल झर्ने समस्याले सताएको छ । कपाल झर्नुको मुख्य कारण यसप्रकार रहेका छन् । धूमपान ः धूमपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाई त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ । यसले कपाल झर्न मद्धत पुरयाउछ । अत्यधिक रक्सी सेवन ः बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीन बढ्छ । आइरन, जिंक पानीको मात्रा भने कमी हुन्छ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । बंशाणुगत कारण ः पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ । यदि तपाईँको परिबारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाईँमा पनि हुनसक्छ । हर्मोन समस्या ः पुरुषहरुको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो । शरीरमा डीएचटी हर्मोनको व्यालेन्स बिग्रदा यस्तो समस्या हुन्छ । सरायनयुक्त पदार्थको प्रयोग ः हरेक किसिमका हेयर जेल, कलर्स , शैम्फू, कन्डिशनर जस्ता पदार्थको प्रयोग गर्दा हुने साइड इफेक्टको कारण पनि कपाल झर्न थाल्छ । ती पदार्थमा कतिपयलाई सहन गर्न नसक्ने हानीकारक पदार्थ समेत मिलेको हुनसक्छ । तनाव ः तनाव बढ्दा पनि पुरुषहरुको कपाल झर्नसक्छ । तनाव बढदा शरीरको हर्मोन्सको व्यालेन्स विग्रन्छ । यसले कपाल भर्नेको समस्या ल्याउन सक्छ । अस्वस्थ खानपान ः पुरुषहरुको छिटो कपाल खुइलिनुको अर्को कारण अस्वस्थकर खानपान हो । खानामा सही मात्रामा पोषण नपुग्दा शरीरमा आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन्छ ।यसले कपाल झार्न मद्धत गर्छ । छालामा संक्रमण ः टाउकोमा फंगल इन्फेक्सन भयो अथवा चायाँ पर्ने समस्या देखियो भने पनि त्यसले तिब्रगतिमा कपाल झार्न सक्छ । औषधिको असर ः क्यान्सर , मुटु, उच्चरक्तचाप, डिप्रेशन, मधुमेह जस्ता रोगको औषधि सेवन गर्ने कतिपयलाई औषधिको असर देखिन्छ र कपाल झर्न थाल्छ ।