संविधान दिवसमा धनगढीका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन - Chaitanya News
  • 2026-11-21
  • 17:28:57
  • शनिबार,मंसिर ०६, २०८३
  • संविधान दिवसमा धनगढीका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन

    संविधान दिवसमा धनगढीका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन

    काठमाडौं- संविधान दिवस २०८० को अवसरमा धनगढीका विभिन्न स्थानमा दीप प्रज्ज्वलनसँगै दिपावली गरेर मनाइएको छ।

    नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यालयमा दीप प्रज्जवलन सहित दिपावली मनाइएको हो। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाको नेतृत्वमा रहेको टिमले पार्टी कार्यालयमा दीप प्रज्ज्वलनसहित दिपावली मनाएको कार्यालय सचिव सञ्जय चौधरीले बताए।

    त्यस्तै धनगढी लेडि जेसिजले पनि धनगढीको चटकपुरको सहिद गेटमा दीप प्रज्ज्वलनसहित दिपावली मनाएको जेसिजकी कानुनी सल्लाहकार सुशिला विष्ट निरौलाले बताइन्। शासन ब्यक्तिको होइन बिधिको हुनुपर्छ भन्ने मूल मन्त्र बोकेको धनगढी लेडि जेसिजले नेपालको संबिधान अक्षरश: कार्यन्वयन हुनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी , ब्यापारी बुद्धिजीवीको सहभागीता रहेको संस्थाकी उपाध्यक्ष शोभा भट्टले बताइन्।

    सोही अवसरमा नेपाल विद्यार्थी संघ कैलालीले पनि धनगढीमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।