चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 438 of 1152
  • 2026-11-21
  • 13:02:45
  • शनिबार,मंसिर ०६, २०८३

About Author

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सबै गाउँपालिका र नगरपालिकाहरूलाई मन्त्रालयको आग्रह

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सबै गाउँपालिका र नगरपालिकाहरूलाई आग्रह गरेको छ। वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम संघीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो। मुलुकभर हाल वातावरण निरीक्षक संघ, प्रदेश र स्थानीय तहमा के–कति सङ्ख्यामा छन्, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको सङ्ख्या के–कति हो ? भन्ने जानकारी उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको हो। उपलब्ध जनशक्तिले मुलुकको वातावरणसम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ वा छैन भन्ने विषयमा प्रदेश तथा स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण उपलब्ध गराइदिन अनुरोध गरिएको छ। वातावरणसँग जोडिएका विषयमा आवश्यक जानकारी लिन, नियमन गर्न तथा वातावरण संरक्षणका लागि अत्यावश्यक कामका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको छ। उपलब्ध जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ कि छैन, आवश्यक पदपूर्ति गर्नुपर्ने सङ्ख्या के–कति हो लगायतका विवरण उपलब्ध गराइदिन संघीय मामिला मन्त्रालयले पत्राचार गरेको हो । वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले उक्त विवरणको माग गरेको हो।

News by वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सबै गाउँपालिका र नगरपालिकाहरूलाई मन्त्रालयको आग्रह :