चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 326 of 1151
  • 2026-11-21
  • 03:37:22
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको प्रतिक्रिया ‘पर्याप्त नभएको’ बताएका छन्। युद्धविराम अस्वीकार गर्ने इरानको भनाइले राम्रो नगर्ने चेतावनी ट्रम्पले दिएको अलजजिराले लेखेको छ। नागरिक पूर्वाधारमा आक्रमणको जोखिम बढिरहेका बेला राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग कुरा गर्दै इरानको जवाफ अर्थपूर्ण भए पनि सन्तोषजनक नभएको टिप्पणी गरेका हुन्। पछिल्लो समय इरानमाथि अमेरिका र इजरायलले गरेका आक्रमणमा परी ६ बालबालिकासहित कम्तीमा ३४ जनाको मृत्यु भएको छ। इरानले होर्मुज स्ट्रेट नखोले मंगलबारसम्ममा इरानी पावर प्लान्ट र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनीपछि इरानले पनि प्रत्याक्रमणको तयारी थालेको छ। इरानले इजरायलको हाइफास्थित एउटा आवासीय भवनमा क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्। त्यसैगरी, इरानले खाडी क्षेत्रका अन्य मुलुकहरूमा पनि आफ्ना आक्रमण जारी राखेको छ। इरानी आक्रमणबाट कुवेतका विद्युत् गृह, खानेपानी शुद्धीकरण केन्द्र र तेल प्लान्टमा क्षति पुगेको छ भने बहराइनको एउटा तेल खानीलाई पनि निशाना बनाइएको छ।

News by इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी :