चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 782 of 1152
  • 2026-11-21
  • 21:34:27
  • शनिबार,मंसिर ०६, २०८३

About Author

भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको आफ्नो अभियान अझै जारी रहने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले दहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता प्राप्त गरी रहेको बताए। उनले भने, ‘‘अब बर्षौदेखि डुंगुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरू विरुद्धको लडाइँ रोकिदैन, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्राप्त सफलताले गलत काम गर्नेहरुको होस हवास उडेको छ।” प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउन सक्नु सबै भन्दा ठूलो उपलब्धि भएको जिकिर गरे।