सपनीका कुरा - Chaitanya News
  • 2026-07-16
  • 06:34:50
  • बिहिबार,आषाढ ३२, २०८३
  • आज मैले सपनीमा एउटा परी देखे
    त्यही परिको यादमा कल्पी यो कविता लेखे

    मृग नयन आँखा उन्को बारुली कम्मर
    कतिहोला ती परिलाई फोन गर्ने नम्बर

    स्याउ जस्तो गाला उन्को गुलावी ओठ
    कहिले होला उन्को मेरो विपनीमा भेट

    कति मिठा उन्का मेरा सपनीमा कुरा
    कहिले होला त्यो सपनी विपनीमा पुरा

    कति खुसी हुन्थे उनी विपनीमा आउँदा
    दुनियालाई देखाएर मेरी भन्न पाउँदा

    सपनीमा हुन्छ सँगै जीउने मर्ने बात
    विपनीमा विउझिँदा त हुन्न उनको साथ