चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 757 of 1152
  • 2026-11-21
  • 23:25:52
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीमा भारी वर्षा हुने

काठमाडौं- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ। अहिले मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। आज राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशभर वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्तालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

News by आज देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीमा भारी वर्षा हुने :