चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 625 of 1152
  • 2026-11-22
  • 09:54:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

भूकम्पकी घाइते महिलाको ३३ घण्टापछि उद्धार

काठमाडौं- शुक्रबार राति ११:४७ बजे जाजरकोट रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी घाइते भएकी एक महिलाको ३३ घण्टापछि उद्धार गरिएको छ। भूकम्पमा आफ्नै घरले थिचेर दुवै खुट्टा नचल्ने भएकी जाजरकोट, छेडागाड–७ कि सशीला रोकायको ३३ घन्टापछि उद्धार भएको हो। उनको आइतबार बिहान हेलिकप्टरमार्फत् उद्धार भएको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए। ‘घरले थिचेकाले उहाँको दुवै गोडा नचल्ने भएका छन्। घाइते भएको ठाउँसम्म एम्बुलेन्स पुग्न नसकेकाले उद्धार हुन सकेको थिएन। अहिले बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी नेपालगञ्ज ल्याएको छ,’ गाउँपालिका अध्यक्ष खड्काले भने।