चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 760 of 1160
  • 2026-11-26
  • 01:45:02
  • बुधबार,मंसिर १०, २०८३

About Author

आज देशभर हल्कादेखि मध्य वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भू–भागमा वर्षा हुने बताएको छ। विभागका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा आज बहिान हल्का वर्षा भइरहेको छ। बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू–भागका आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ।

News by आज देशभर हल्कादेखि मध्य वर्षाको सम्भावना :