चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 371 of 1156
  • 2026-11-24
  • 03:37:13
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1.'30×30' तलका मध्ये के सँग सम्बन्धित छ ? A. दिगो विकासको लक्ष्य           B. गुणस्तरीय शिक्षा           C. सुशासन             D. समुन्द्रको 2. १७ औ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ? A. २०२५ जुलाई ५ - ६, रियो दी जेनेरियो, ब्राजिल         B. २०२४ अगष्ट १० - ११, दिल्ली, भारत C. २०२५ जुलाई १० - ११, बेईजिङ, चीन                    D. २०२५ जुन २० - २१, मस्को, रुस 3. Google का आविष्कार निम्न मध्ये को हुन् ? A. टिम बर्नर लीर ल्यारी सेन्जर          B. ल्यारी पेज र सर्जे ब्रिन C. जिम्मी वेल्स र ल्यारी सेन्जर          D. जेरियाङ र डेभिड फिलो 4. विश्वका ५ साना देशहरुमा तलका कुन देश पर्दैन् ? A. नाउरु                  B. माल्टा               C. भ्याटिकन सिटि             D. मोनाको 5.मानव विकास सूचकांक (२०२४२०२५) को प्रतिवेदन अनुसार उच्चमानव विकास सूचकांक भएको देश कुन हो ? A. डेनमार्क                  B. आईसल्याण्ड            C. जर्मनी           D. नर्वे 6. सार्कको कुन सम्मेलनले अफगानिस्तानलाई औपचारिक सदस्यता प्रदान गरेको हो ? A. १४ औ सम्मेलन            B. १० औ सम्मेलन           C. ८ औ सम्मेलन         D. ११ औ सम्मेलन 7. बेलायती पर्वतारोही केन्टन कुलले १९ औ पटक सगरमाथा कहिले आरोहण गरेका थिए ? A. 2025 मार्च 19               B. 2025 अप्रिल 10          C. 2025 मे 18         D. 2025 जनवरी 2 8.आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् । क) २०८१ फागुनसम्म आन्तरिक ऋण रु.१३ खर्ब १५ अर्ब ५८ करोड रहेको छ । ख) २०८१ फागुनसम्म कुल जडित विद्युत क्षमता ३,६०२ मेगावाट रहेको छ । A. क मात्र ठीक            B. ख मात्र ठीक             C. दुबै बेठिक             D. दुवै ठिक 9. राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरुको बढ्दो क्रममा मिलाउँनुहोस् । A. भोजपुर, खोटाङ, मनाङ र रामेछाप         B. खोटाङ, भोजपुर, मनाङ र रामेछाप C. मनाङ, खोटाङ, भोजपुर र रामेछाप         D. रामेछाप, खोटाङ, मनाङ र भोजपुर 10. दोस्रो विश्वयुद्धमा विभाजित जर्मनी कहिले एकिकृत भयो ? A. सन् १९८५              B. सन् १९७०         C. सन् १९९०                D. सन् १९९५ 11. निम्न भाषाहरुबारे विचार गर्नुहोस् । १. माझी २. थारु ३. लिम्बु ४. नेवारी माथि उल्लेखित मध्ये भारोपेली भाषा परिवारमा नपर्ने कुन हो ? A. १ र ३                  B. २ र ३                C. ३ र ४                D. २ र ४ 12.पृथ्वीबाट सबैभन्दा पहिले अनुसन्धान गरिएको ग्रह कुन हो ? A. शनी                    B. मंगल           C. बृहस्पति                 D. शुक्र 13. नौमुरे जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ? A. प्युठान           B. दोलखा             C. म्याग्दी           D. दार्चुला 14. निम्न मध्ये कुन भुपरिवेष्ठित देश होईन् ? A. लाओस          B. कम्बोडिया          C. भुटान           D. अफगानिस्तान 15. दिइएका भनाईमध्ये कुन चाँहि सहि छ पत्ता लगाउनुहोस् । A. बिरालो, सर्प, भ्यागुता, व्वासो प्राथमिक उपभोक्ता हुन् । B. माटोमा हुने स्वतन्त्र जिवाणुलाई नाईट्रेड ब्याक्टोरिया भनिन्छ । C. अक्सिजन, नाईट्रोजन, कार्बन र विभिन्न लवणहरु वनस्पति र जनावर हुँदै पूनः वातावरणमा नै फर्कने क्रियालाई भू-रासायनिक चक्र भनिन्छ । D. हावा, सौर्य उर्जा, माटो, पानी आदि जैविक तत्वहरु हुन् । 16. निम्नमध्ये कुन प्रधानमन्त्रीले मदन पुरस्कार प्राप्त गरेका थिए ? A. बी.पी कोईरला           B. नगेन्द्र प्रसाद रिजाल          C. तुलसी गिरी       D. लोकेन्द्र बहादुर चन्द 17. भक्तपुरको विष्केट जात्राको प्रचलन कुन मल्ल राजाले चलाएका हुन् ? A. यक्ष मल्ल                B. जयज्योती मल्ल             C. जयप्रकाश मल्ल          D. तेजनरसिंह 18. दिइएका सहयोगका क्षेत्र मध्ये कुन बेलायतको सहयोगमा बनेको होईन ? A. रेडियो नेपाल          B. बुढानिलकण्ठ स्कुल       C. फर्पिङ जलविद्युत          D. सगरमाथा भुउपग्रह 19.लिच्छिवीकालमा जागिर तथा तलब दिने अड्डालाई के भनिन्थ्यो ? A. कुमारी चोक             B. वृत्ति अधिग्रहण      C. माप्चोक             D. तवेलादलान 20. विश्वको सबैभन्दा लामो नदीको रुपमा नाईल नदी कतिवटा देश भएर बग्दछ ? A. ११ वटा                    B. १० वटा               C. ११ वटा                    D. ८ वटा उत्तरः 1. D 11. C 2. A 12. D 3. B 13. A 4. B 14. B 5. B 15. C 6. A 16. D 7. C 17. B 8. D 18. A 9. D 19. B 10. C 20. A (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।) सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला । Chaitanya Academy Nepal  New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100