चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 191 of 1151
  • 2026-11-21
  • 10:26:24
  • शनिबार,मंसिर ०६, २०८३

About Author

व्यवस्थापन समितिले गर्‍यो तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, यस्तो छ ऋणीहरूको विवरण

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।  

News by व्यवस्थापन समितिले गर्‍यो तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, यस्तो छ ऋणीहरूको विवरण :