‘सरकार उत्तरदायित्वबाट पन्छियो, १०० दिनको उपलब्धि शून्य’ सांसद थेबे - Chaitanya News
  • 2026-10-06
  • 23:55:48
  • मंगलबार,आश्विन २०, २०८३
  • ‘सरकार उत्तरदायित्वबाट पन्छियो, १०० दिनको उपलब्धि शून्य’ सांसद थेबे

    ‘सरकार उत्तरदायित्वबाट पन्छियो, १०० दिनको उपलब्धि शून्य’ सांसद थेबे

    काठमाडौँ– नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारको १०० दिनको कार्यकाल पूर्णतः असफल रहेको टिप्पणी गरेका छन्।

    आज (सोमवार) संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थेबेले सरकार जनउत्तरदायित्वबाट भागेको र संसदमा उठेका प्रश्नहरूको सामना गर्न डराएको आरोप लगाएका हुन्।

    सांसद थेबेले सरकारको कार्यशैलीलाई ‘परीक्षा नै बंक गरेको’ विद्यार्थीसँग तुलना गरे।

    सरकारले निर्वाचनका समयमा गरेका वाचाहरू र नीति तथा कार्यक्रमबीच कुनै तालमेल नदेखिएको उनको तर्क छ।