चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1116
  • 2026-10-17
  • 00:28:00
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

माओवादी केन्द्रीय सदस्य तथा पूर्व मेयर अमानसिंह तामाङ एमाले प्रवेश गर्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ एमाले प्रवेश गर्ने भएका छन्। उनीसँगै दावाफूटी शेर्पालगायतका नेताहरूका लागि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रवेश कार्यक्रम राखिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई पार्टीमा प्रवेश गराउनेछन्। मेयरमा दोहोरिन नपाएका तामाङ माओवादी केन्द्रसँग असन्तुष्ट थिए। आफू पेलिएको भन्दै सेलो गीत गाएको भिडियो बनाएर पार्टी परित्यागको घोषणा गरेका थिए। स्थानीय तहको निर्वाचनमै उनले बागी उम्मेदवारी दिएका थिए। आफूले राम्रो काम गर्दागर्दै पनि सभामुख अग्निप्रसाद सापकोटाको प्रभावमा कृष्णप्रसाद सापकोटा ुदेशबन्धुु लाई टिकट दिइएको उनको गुनासो थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर उनको बागी उम्मेदवारी फिर्ता गराएका थिए।  

News by माओवादी केन्द्रीय सदस्य तथा पूर्व मेयर अमानसिंह तामाङ एमाले प्रवेश गर्दै :